काठमाडौं । राप्रपा नेपालले सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला गर्ने भएको छ । प्रदेशको राजधानीहरुमा कार्यक्रम गरिने तय भए अनुसार यस अघि , हेटौंडा ,बिराटनगर ,जनकपुर,बुटवल र पोखरामा कार्यक्रम सम्पन्न भैसकेका छन् ।
यही असार ११ गते सुदुरपश्चिम स्तरिय कार्यक्रम धनगढीमा र १६ गते सुर्खेतमा गरिने पार्टीले जनाएको छ । कार्यक्रमका निमित्त पार्टीका महामन्त्री राजाराम बर्तौला धनगढी पुगिसकेका छन् ।
बर्तौलाका अनुसार सबै बर्ग, क्षेत्र, समुदायका ब्यक्तिहरसङ्ग पार्टी अध्यक्ष कमल थापाले अन्तरक्रिया गर्नेछन् भने प्रदेश क्षेत्र भित्रका जिल्लाका अध्यक्ष सहित प्रतिनिधिहरुको सहभागीतामा छुट्टै अगुवा कार्यकर्ता भेलाको आयोजना हुनेछ । कार्यक्रममा थापाले प्रशिक्षण समेत दिनेछन् । कार्यक्रममा सहभागी हुन अध्यक्ष कमल थापा भोलि धनगढी आउने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० असार २०७९, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको अन्तिम बैठक
राप्रपा र राप्रपा नेपालबीच सहमति
राप्रपा नेपालले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै