सलमानलाई चाहियो १० नायिका

सफल खबर संवाददाता

विहीबार, ०९ असार २०७९, १६ : ०७
सलमानलाई चाहियो १० नायिका

काठमाडौं । पछिल्लो समय बलिउडमा आफ्नो ठीकठाक अवस्था नभएको कारण सलमान खान केही तनावमा छन् । उनी अभिनीत केही फिल्महरू लगातार फ्लप भए । यसैले गर्दा उनले आउँदो फिल्महरू निकै बुझेर मात्र गरिरहेका छन् ।

टाइगर ३ र कभी इद कभी दिवाली पश्चात् उनले आफ्नो सफल फिल्म ‘नो इन्ट्री’ को सिक्वेलमा काम गर्ने तयारी थालेका छन् । ‘नो इन्ट्री मे इन्ट्री’ शीर्षक दिइएको फिल्म कमेडी जनरामा रहने छ ।

फिल्ममा साउथका शीर्ष नायिकाले स्थान पाउनेछन् । किनकि यसमा १० नायिका रहने बताइएको छ । फिल्ममा साउथका ठूला एक्ट्रेसहरु रश्मिका मन्दाना, समान्था रुथ प्रभु, पूजा हेगडे, तमन्ना भाटिया लगायत रहन सक्नेछन् ।

फिल्मका लागि समान्था लगभग तय छिन् । अब साउथकी यी चर्चित नायिकामध्ये सलमान खानको फिल्मका लागि को फाइनल हुन्छन्, त्यो भने केही समय पछि मात्रै थाहा पाइनेछ ।

प्रतिक्रिया दिनुहोस