विजयको जोडी रश्मिका

सफल खबर संवाददाता

विहीबार, ०९ असार २०७९, १५ : १२
विजयको जोडी रश्मिका

काठमाडौं । दक्षिण भारतीय सुन्दरी अभिनेत्री रश्मिका मन्दना विजय थलपथीको फिल्ममा देखिने भएकी छिन् । रश्मिका र विजयको जोडीलाई दर्शकले ‘वरिसु’ मा देख्न पाउने छन् ।हालै विजयको अभिनय रहने ६६ औँ फिल्म ‘वरिसु’ घोषणा भएको हो । फिल्म रोमान्टिक ड्रामा हुनेछ । फिल्ममा अभिनय गर्नको लागि रश्मिकाले महँगो पारिश्रमिक समेत लिएकी छिन् ।

उनले यो फिल्मको लागि भारतीय पाँच करोड रुपैयाँ लिएको पिङ्कभिल्लाको रिपोर्टमा उल्लेख छ । पुष्पाको सफलता पश्चात रश्मिकाको पारिश्रमिक बढ्दो छ । साथै उनले बलिउडमा समेत पाइला टेक्दै छिन् । उनले सिद्धार्थ मलहोत्रासँग मिसन मज्नु र अमिताभ बच्चनसँग गुडवाइमा काम गर्दै छिन्। उनले यही फिल्म मार्फत आफ्नो बलियो उपस्थिति बलिउडमा देखाउने अनुमान गरिएको छ । यता विजयको पछिल्लो फिल्म ‘बिस्ट’ सफल हुन् सकेन ।

 फिल्मले हिन्दीमा त दर्शक पाएन नै, दक्षिण भारतमा पनि फिल्म ‘फ्लप’ रह्यो ।

प्रतिक्रिया दिनुहोस