माछापुच्छ्रे बैंकको १ लाख ६४ हजार कित्ता शेयर बिक्रीमा

सफल खबर संवाददाता

विहीबार, ०९ असार २०७९, १४ : ३१
माछापुच्छ्रे बैंकको १ लाख ६४ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ६४ हजार १३१ कित्ता संस्थापक शेयर विक्री गर्ने लागेको हो ।

बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिलाई बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक हाल कायम कम्पनीका संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मिति (असार ९ गते) ले ७ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय पुतलीसडक, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस