भरतपुरमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, मेयर दाहालद्वारा उद्घाटन

सफल खबर संवाददाता

विहीबार, ०९ असार २०७९, १४ : १४
भरतपुरमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, मेयर दाहालद्वारा उद्घाटन

चितवन । भरतपुरमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर–१८ गुञ्जनगरमा माध्यमिक विद्यालयको प्राङगणमा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् ।

प्रतियोगिता उद्घाटन गर्दै महानगरपालिका प्रमुख दाहालले राष्ट्रपति रनिङ शिल्ड दक्ष खेलाडी उत्पादनको माध्यम भएको बताइन ।रनिङ शिल्डले भरतपुरमा दक्ष खेलाडी उत्पादन गर्ने वातावरण पनि सिर्जना भइरहेको गरेको प्रमुख दाहालको भनाई थियो ।

भरतपुरलाई खेलकुद हब निर्माण गर्ने उद्देश्यसहित विभिन्न पूर्वाधार बनाउने कार्य भइरहेको समेत मेयर दाहालले जानकारी दिइन। एक वडा एक खेल मैदान, एक विद्यालय एक खेल मैदान, नगरस्तरीय खेल मैदान, प्रदेश स्तरीय खेलमैदान तथा अन्तर्राष्ट्रिय खेलमैदान निर्माण भइरहेको पनि मेयर दाहालले बताइन ।

कोभिड–१९ कोरोना भाईरसका कारण विद्यालय बन्द हुँदा ३ वर्षदेखि भरतपुरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता रोकिएको थियो । प्रतियोगितामा भलिबल, कबडी, एथ्लेटिक्स गरी ३ विधाका खेल हुने भरतपुर शिक्षा महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले बताए ।  प्रतियोगितामा भरतपुरका सामुदायिक र निजी गरी ५० वटा विद्यालयको सहभागिता रहेको उनले जानकारी दिए । गर्मीको समयका कारण प्रतियोगिता विहानको समयमा गरिने पनि उनले बताए । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई प्रदेश हुँदै संघमा प्रतिशपर्धाका लागि पठाइने छ ।

प्रतिक्रिया दिनुहोस