सप्तरीमा बस दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

सफल खबर संवाददाता

विहीबार, ०९ असार २०७९, १४ : ०३
सप्तरीमा बस दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

काठमाडौं । सप्तरीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा थप ११ जना यात्रु घाइते भएका छन्।

दुर्घटनामा अन्दाजी ५५/६० वर्षीया महिलाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। उनको परिचय खुल्न बाँकी छ। प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका –१ स्थित कंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा आज बिहान ना.५ख १८९८ नम्बरको बस पल्टिएर दुर्घटनामा परेको हो।

घाइतेमध्ये ६ जनाको भारदह अस्पतालमा र ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको डीएसपी काफ्लेले बताए। दुर्घटनापछि बसका चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस