हजभन्दा अगाडि नै विश्वभरबाट एक लाख ७२ हजारभन्दा बढी मानिस मदिनामा

सफल खबर संवाददाता

बुधबार, ०८ असार २०७९, १४ : १७
हजभन्दा अगाडि नै विश्वभरबाट एक लाख ७२ हजारभन्दा बढी मानिस मदिनामा

साउदी अरेबियाको आधिकारिक समाचार एजेन्सी एसपिएले मंगलबार विश्वभरबाट एक लाख ७२ हजार ५६२ तीर्थयात्री मदिना आउनका लागि दर्ता भएको जनाएको छ।हज तथा उमराह मन्त्रालयले मदिना आउने र फर्कनेहरूको तथ्यांक सार्वजनिक गरेको छ। यी तथ्यांकका अनुसार राजकुमार मोहम्मद बिन अब्दुलअजिज अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १ लाख ५६ हजार ८२८ जना मदिना पुगेका थिए।

इमिग्रेसनमा १३ हजार ९७ जना दर्ता भएका छन्। यिनीहरू जमिनको सिमाना हुँदै साउदी अरेबिया पुगेका हुन्।

यो आंकडाले मदिनामा बस्ने तीर्थयात्रीहरूको राष्ट्रियता पनि बताउँछ। जसमा इन्डोनेसियाबाट मदिना पुगेका तीर्थयात्रीको संख्या सबैभन्दा बढी (२४ हजार ४७८) रहेको छ। यसबाहेक भारत, बंगलादेश, इराक र इरानका हज यात्रीहरू पनि सामेल छन्।

हज यात्रीहरूका लागि कोरोना भाइरस संक्रमणको सन्दर्भमा जारी गरिएको ग्लोबल हेल्थ गाइडलाइन्सको कडाइका साथ पालना भइरहेको छ।देशको हज मन्त्रालयका मोहम्मद अल बिजावीले एक च्यानलसँगको कुराकानीमा हामीले यस वर्षको पहिलो समूह इन्डोनेसियाबाट आएका तीर्थयात्रीहरूलाई स्वागत गरेका बताएका छन्।

सन् २०१९ मा विश्वको यो सबैभन्दा ठूलो तीर्थयात्रामा करिब २५ लाख मानिसले भाग लिएका थिए। कोरोना महामारीका कारण सन् २०२० मा विभिन्न प्रतिबन्ध लगाएर तीर्थयात्रीको संख्या सीमित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस