टर्कीले संयुक्त राष्टसंघ, रुस र युक्रेनको संयुक्त बैठक आह्वान गर्दै

सफल खबर संवाददाता

बुधबार, ०८ असार २०७९, १२ : २८
टर्कीले संयुक्त राष्टसंघ, रुस र युक्रेनको संयुक्त बैठक आह्वान गर्दै

इस्तानबुल । टर्कीले युक्रेनका लागि संयुक्त बैठकको आह्वान गर्ने भएको छ । युक्रेनमा जारी रहेको रुसको हमलाका विषयमा टर्कीले बैठकको आह्वान गर्ने भएको हो । 

टर्कीले इस्तानबुलमा बैठक आह्वान गरेको छ । आगामी हप्ता चार दिनका लागि सो बैठकको आह्वान गर्ने भएको हो । बैठकमा आवश्यक छलफलका लागि टर्कीको सैनिक प्रतिनिधिमण्डल यसै हप्ता रुस जाने भएको छ । सो बैठकमा संयुक्त राष्टसंघका महासचवि एन्टोनियो गुटर्रेसको पनि सहभागी रहने समाचारमा जनाइएको छ । 

संयुक्त राष्ट्रसंघले रुस र युक्रेनलाई शान्ति स्थापनाका लागि पहल गर्न आग्रह गर्दै आएको छ । साथै, युक्रेनमा जारी रहेको हिंसाका कारण त्यहाँबाट खाद्यान्नलगायत सामग्री निर्यात गर्ने बाटो पनि बन्द भएको छ । 

खाद्यान्न निर्यातका लागि करिडोर स्थापना गर्न संयुक्त राष्ट्रसंघले आग्रह गर्दै आएको छ । सो प्रयोजनका लागि सहमति जुटाउन पनि रुस र युक्रेनको सहभागितामा टर्कीले सो बैठकको आयोजना गरिएको टर्कीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस