बेलायतमा बढी बज्ने गायक एड सिरन

सफल खबर संवाददाता

मंगलबार, ०७ असार २०७९, १५ : ३८
बेलायतमा बढी बज्ने गायक एड सिरन

काठमाडौँ । युवापुस्ता माझ निकै लोकप्रिय गायक एड सिरन गत वर्ष बेलायतमा सबै भन्दा बढी बज्ने गायकको लिस्टमा एक नम्बरमा छन् ।संगीतको लाइसेन्सिङ गर्ने संस्था पीपीएलले जारी गरेको तथ्यांक अनुसार सिरन बेलायतमा सर्वाधिक बज्ने गायक मानिएका हुन् ।

उनको आवाज रहेको गीत ‘ब्याड ह्याबिट्स’ वर्षको सबैभन्दा धेरै बज्ने गीत घोषित भएको थियो । ५ वर्षमा चार पटक सिरन बेलायतमा सबैभन्दा धेरै बज्ने गायक चुनिएका हुन् ।यसका लागि रेडियो, टिभी, पब, क्लब र पसल आदिको तथ्याङ्कलाई आधार मानिएको थियो । गायकको पहिलो हुने यात्रा सन् २०१७ ‘सेप अफ यु’ गीतसँगै भएको थियो ।

प्रतिक्रिया दिनुहोस