गुगलका सह-संस्थापक ब्रिनले गरे सम्बन्ध बिच्छेद

सफल खबर संवाददाता

सोमबार, ०६ असार २०७९, १० : ३४
गुगलका सह-संस्थापक ब्रिनले गरे सम्बन्ध बिच्छेद

 

एजेन्सी । गुगलका सह-संस्थापक सर्गेई ब्रिनले श्रीमतीसँग सम्बन्धविच्छेद गरेका छन्।विश्वका शीर्ष १० धनी व्यक्तिको सूचीमा परेका अर्बपति ब्रिनले ‘मिलाउन नसकिने भिन्नता’ देखाउँदै सम्बन्ध बिच्छेदका लागि यसै महिनाको सुरुमा निवेदन दिएका थिए।

सन् २०१८ को नोभेम्बर ७ मा बन्धनमा बाँधिएका यी दुईबीच सन् २०१५ मा देखभेट भएका थियो। सर्गेई ब्रिन र निकोल शानाहानको दुई वर्षकी छोरी छन्।क्यालिफोर्नियाको सान्ता क्लारा काउन्टीमा पेस गरिएको अदालतको फाइलिङअनुसार डिसेम्बर २०२१ मा दुवै अलग भएका थिए।

बिया-इको फाउन्डेसनकी संस्थापक शानाहानले गर्भवती हुन धेरै संघर्ष गर्नु परेको बताएकी थिइन्। उनको संस्था वातावरणीय र सामाजिक न्यायका लागि समर्पित छ।सन् २०१८ मा दुई जनाले प्रजनन समस्याहरूमा समर्पित चिकित्सा अनुसन्धान फर्म बक इन्स्टिच्युटको सह-स्थापना गरेका थिए।

प्रतिक्रिया दिनुहोस