काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रलाई अहित हुने काम काँग्रेस सरकारले कहिल्यै नगर्ने बताएका छन् । शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै नेता सिंहले राष्ट्रलाई अहित हुने काम काँग्रेस सरकारले कहिल्यै नगर्ने दाबी गरेका हुन् ।
उनले राष्ट्रहित विपरितका काम काँग्रेसले गर्छ भनेर नसोच्न पनि आग्रह गरे । नेता सिंहले हरेक सरकारले चाल्ने गतिविधिहरु पारदर्शी हुन आवश्यक रहेको पनि बताए । उनले स्टेट पाटनरशीप प्रोग्राममार्फत विपदका बेलामा सरकारले नागरिकका लागि सहयोग मागेको बताए ।
उनले भने, ‘राष्ट्रलाई अहित हुने काममा काँग्रेसलाई इन्भल्व हुने कुरा काँग्रेस सरकारले गर्छ भनेर सोच्ने कुरा ठीक होइन । त्यसबेला को प्रधानमन्त्री, को परराष्ट्रमन्त्री थियो भन्ने रेकर्ड राख्ने राम्रै होला, त्यसमा के लुकेको छ ? ट्रान्सपरेन्ट तवरले हरेक कुरा टुंगो लाग्नुपर्छ ।’
उनले फेरि भने, ‘लुकिछिपी गर्ने, यो डकुमेण्टमा हाम्रो सहभागिता छैन भनेर लुकाउने कुरा आउँदैन । स्टेटलाई अघि बढाउँदा कुनै कुरा, डकुमेण्टमा पनि अपारदर्शी, शंकाको दृष्टिले हेर्ने गरिकन कुनै ठाउँ राख्नुहुँदैन ।’
त्यस्तै नेता सिंहले सरकारले कुनैपनि हालतमा एसपीपी सम्झौता स्वीकार्य नहुने भनिसकेको भन्दै यसलाई शंकाको दृष्टिले हेर्न उचित नहुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असार २०७९, १८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह