अफ्रिकी मुलुक सोमालियमा केही समयदेखिको खडेरी र आन्तरिक द्वन्द्वका कारण उत्पन्न खाद्यान्नको अभावको समाधानका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले पहल थालेका छन् ।
संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरु विश्व खाद्य कार्यक्रम, युनिसेफ इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन, आइओएम र अन्य निकाय तथा दाताहरु समेतको सहभागितामा सोमालियामा न्यूनतम सहयोग तथा उद्धार कार्यक्रम सुरु गरिएको हो ।
उनले सोमालियाका लाखौँ नागरिक खडेरीबाट प्रभावित भएर भोकमरीमा परेका र दशौँ हजार जना बालबालिका कुपोषणको शिकार हुन पुगेका भन्दै तत्कालका लागि यो सहायता कार्यक्रमले करिब एक लाख नागरिकलाई सहायता पुग्ने अपेक्षा गरिएको बताए ।
संयुक्त राष्ट्रसङ्घीय अध्ययनका अनुसार त्यहाँका नागरिक खडेरीको मारमा परेपछि सन् २०२१ देखि विस्थापित हुन थालेका थिए । त्यसयता हालसम्म र अहिले सम्म कम्तीमा पनि ८ लाख नागरिक विस्थापित भइसकेको राष्ट्रसङ्घले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असार २०७९, १५ : ३६
लेखकबाट थप