काठमाडौं । भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८४७ जना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो । भारतमा बुधबार र बिहीबार दुई दिनलगातार कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।भारतमा हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३२ लाख ७० हजार ५७७ पुगेको छ ।
कोरोना महामारीबाट बिहीबार भारतमा १४ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ८१७ को मृत्यु भएको समाचारमा जनाइएको छ । भारतमा सन् २०२१ को जनवरी महिनाबाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९५ करोड ८४ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असार २०७९, १५ : १८
लेखकबाट थप