मलेसियामा एकैदिन २ हजारभन्दा बढीमा कोरोना

सफल खबर संवाददाता

शुक्रबार, ०३ असार २०७९, १३ : ३४
मलेसियामा एकैदिन २ हजारभन्दा बढीमा कोरोना

मलेसियामा गएको २४ घन्टायता मात्र कम्तीमा पनि २ हजार ३३ जनामा कोरोना सङ्क्रमण भएको बताइएको छ।

त्यहाँ बाहिरबाट आएकामा नभएर देशभित्रै यी सङ्क्रमितहरु भेटिएको पनि त्यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन्।ती अधिकारीका अनुसार त्यहाँ गएको २४ घन्टामा मात्र कोरोना भाइरसको सङ्क्रमणबाट पाँच जनाको ज्यान गएको छ।मलेसियामा अहिलेसम्ममा कोरोना भाइरसको सङ्क्रमणबाट मात्र ३५ हजार ७३० जनाको ज्यान गएको बताइएको छ।

मलेसियाका स्वास्थ्य अधिकारीहरुले अहिले करिब २५ हजार जनाजति सक्रिय संक्रमितहरु रहेका छन्। तीमध्ये केही व्यक्ति आइसियुमा रहेका बताइएको छ।तर पछिल्ला केही हप्ता यता भने मलेसियामा कोरोना संक्रमितहरुको संख्या घटेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस