चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘एसपीपी’ सम्झौता नभई खारेज हुने बताएका छन् ।
विभिन्न कार्यक्रममा सहभागी हुन आज चितवन आएका उनीसंग भरतपुर विमानस्थलमा संचारकर्मीको जिज्ञासामा उनले सो कुरा बताएका हुन् । एमसीसी र एसपीपी दुवै केपी ओली गुटकै करामत भएको जिकिर गर्दै उनले भने,‘अब क्लियर भईसक्यो ।’
उनले एमसीसी १२ बुँदे घोषणा पत्र सहित पास गर्यो, तर एसपीपीमा कुनै १२ बुँदे नहुने भएकाले यो खारेज हुने प्रष्ट रहेको बताए । फरक प्रसगंमा उनले वाम गठबन्धन विरुद्ध बाहिर धेरै कुरा सुनिएपनि त्यस्तो केही नभएको र यो गठबन्धन निरन्तर रहने बताए ।
माओवादी एमालेसँग मिल्न लागेको हो भन्ने प्रश्नमा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले तल्लो तहका केही नेताहरुको त्यो कुरा होला, तर पार्टीमा त्यस्तो कुनै कुरा नभएको प्रष्टयाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असार २०७९, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग