कमेडी हवमा डिशहोम फाईवरनेटको सह–प्रायोजन

सफल खबर संवाददाता

विहीबार, ०२ असार २०७९, १६ : १०
कमेडी हवमा डिशहोम फाईवरनेटको सह–प्रायोजन

काठमाडौं । मिडियाहवको प्रस्तुती हास्य रियालिटी कार्यक्रम “कमेडी हव” को सह – प्रायोजन डिशहोम फाईवरनेटले गर्ने भएको छ ।

एपिवान टेलिभिजनमा बुधवार साँझ ८ बजे प्रशारण हुने “कमेडी हव” माग्नेबुढा  (केदार घिमिरे) ले निर्देशन गरेका छन । राम राजेन्द्र हिमेश पन्त, जानुका के सि, नारिया गिरी लगाएत हास्य विधामा स्थान बनाउन सफल कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रम पहिलो सिजनको तेस्रो भाग सम्म प्रशारण भईसकेको छ । 
 

प्रतिक्रिया दिनुहोस