भारतका दिग्गज साहित्यकार गाेपी चन्दकाे निधन

सफल खबर संवाददाता

विहीबार, ०२ असार २०७९, १० : २७
भारतका दिग्गज साहित्यकार गाेपी चन्दकाे निधन

काठमाडाैँ। भारतका दिग्गज साहित्कार तथा भाषाविद प्राे.गाेपी चन्द नारंगकाे निधन भएकाे छ। उनकाे ९१ वर्षकाे उमेरमा अमेरिकामा निधन भएकाे हाे।नारंगले उर्दू, हिन्दी र अंग्रेजीमा भाषा, साहित्य र संस्कृतिसम्बन्धि ६५ भन्दा धेरै किताब लेखेका छन्।उनी अमेरिकामा बस्दै आएका थिए, त्यही नै उनले अन्तिम सास लिए।

नारंगकाे निधनले साहित्यजगतमा शाेक छाएकाे छ। उनले पद्मभुषण, साहित्य अकादमीलगायत विभिन्न प्रतिष्ठित सम्मान प्राप्त गरेका छन् उनी हिन्दी, उर्दू, अंग्रेजी र पश्तोसहित छ भाषामा विज्ञ थिए। उनले उर्दूबाहेक हिन्दी र अंग्रेजीमा पनि किताब लेखे।

दिल्ली युनिभर्सिटीकाे सेन्ट स्टेफन कलेजबाट नारंगले स्नातक गरेका थिए। साेही कलेजमा उनले अध्यापन पनि गरेका थिए। पाकिस्तान सरकारले उनलाई ‘सितार-ए-इम्तियाज’ सम्मान दिएकाे थियाे।

 

प्रतिक्रिया दिनुहोस