न्युयोर्क । मध्य तथा पूर्वी अमेरिकामा अत्यधिक गर्मी बढेको छ । गर्मी बढेपछि सर्वसाधारणलाई स्वास्थ्य चेतावनी जारी गरिएको छ । केही साताअघि पश्चिममा बढेको तापक्रम अहिले पूर्वी क्षेत्रमा बढेको छ ।
फिनिक्स, लस भेगास र डेनभरलगायतका सहरमा तापक्रमले यसअघिका रेकर्ड तोडेको छ । १० करोड अमेरिकीहरूलाई घरभित्रै बस्न भनिएकाे छ । बुधबारसम्म देशको पूर्वी दुई तिहाइ भूभागमा तातो हावा चल्ने प्रक्षेपण गरिएको छ । तापक्रम सामान्यभन्दा १० देखि ३० डिग्रीसम्म पुग्ने पूर्वानुमान गरिएको छ । शिकागोको राष्ट्रिय मौसम सेवाले भनेको छ, ‘बाहिरको तीव्र गतिविधि र सूर्यको जोखिमलाई सीमित गर्नुहोस । ’
यसैबीच, ६० माइल प्रतिघण्टाको तीव्र आँधीका कारण सोमबार राति सिकागोका हजारौं बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०१ असार २०७९, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची
इरानसँग व्यापार गर्ने देशमाथि अमेरिकाले लगायो २५ प्रतिशत भन्सार शुल्क
अमेरिकाले कब्जा गर्यो रुसी झण्डावाहक तेल ट्याङ्कर
विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
अमेरिकाद्वरा भेनेजुएलाको अर्को तेल ट्यांकर जफत