न्युयोर्क । मध्य तथा पूर्वी अमेरिकामा अत्यधिक गर्मी बढेको छ । गर्मी बढेपछि सर्वसाधारणलाई स्वास्थ्य चेतावनी जारी गरिएको छ । केही साताअघि पश्चिममा बढेको तापक्रम अहिले पूर्वी क्षेत्रमा बढेको छ ।
फिनिक्स, लस भेगास र डेनभरलगायतका सहरमा तापक्रमले यसअघिका रेकर्ड तोडेको छ । १० करोड अमेरिकीहरूलाई घरभित्रै बस्न भनिएकाे छ । बुधबारसम्म देशको पूर्वी दुई तिहाइ भूभागमा तातो हावा चल्ने प्रक्षेपण गरिएको छ । तापक्रम सामान्यभन्दा १० देखि ३० डिग्रीसम्म पुग्ने पूर्वानुमान गरिएको छ । शिकागोको राष्ट्रिय मौसम सेवाले भनेको छ, ‘बाहिरको तीव्र गतिविधि र सूर्यको जोखिमलाई सीमित गर्नुहोस । ’
यसैबीच, ६० माइल प्रतिघण्टाको तीव्र आँधीका कारण सोमबार राति सिकागोका हजारौं बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०१ असार २०७९, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत
ट्रम्प प्रशासनद्वारा ग्रीन कार्ड प्रक्रियामा हेरफेर, अब अमेरिका छाडेर मात्र आवेदन दिन पाइने