अर्थमन्त्री शर्माले जवाफ दिने विषय कार्यसूचीमा परेन

सफल खबर संवाददाता

बुधबार, ०१ असार २०७९, १२ : ०४
अर्थमन्त्री शर्माले जवाफ दिने विषय कार्यसूचीमा परेन

काठमाडौं । अर्थ मन्त्रालयमाथि उठेका प्रश्नको मन्त्री जनाार्दन शर्माले जवाफ दिने विषय आजको संसद बैठकको कार्यसूचीमा परेको छैन ।

संसद बैठकमा प्रतिपक्षी दलका सांसदहरूले बजेट निर्माणका क्रममालाई लिएर अर्थमन्त्रालयमाथि विभिन्न प्रश्न उठाएका थिए । तर, आज जारी संसद बैठकमा ती प्रश्नको जवाफ दिने विषय कार्यसूचीमै राखिएको छैन ।

आजको बैठकमा तीनवटा कार्यसूची रहेका छन् । तीमध्ये विनियोजन  विधेयक २०७९ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूको छलफलमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ ।

कार्यसूचीमा ११ वटा मन्त्रालयको बजेट शीर्षकमा उठेका प्रश्नको जवाफ दिने विषय उल्लेख भए पनि अर्थ मन्त्रालय राखिएको छैन् । यसअघि सम्भावित कार्यसूचीमा भने अर्थ मन्त्रालय पनि सूचीमा थियो ।

 

प्रतिक्रिया दिनुहोस