एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा ७० जोडीको सामुहिक विवाह भएको छ ।आफै विवाह गर्ने खर्च नभएकाहरुका लागि स्थानीय एक सामाजिक सस्थाले सामुहिक विवाह समारोह आयोजना गरिदिएको हो ।
“सिलाब फाउन्डेसन भन्ने संस्थाले ७० जोडीको समूहिक विवाह समारोह आयोजना गरेको हो,” एक स्थानीय अधिकारीले भने । आर्थिक समस्याका कारणले आफै विवाह समारोह आयोजना गर्न नसक्ने जोडीहरुका लागि आफुहरुले विवाह समारोह आयोजना गरिदिएको फाउन्डेसनका पदाधिकारीहरुले जनाएका छन् ।
विवाह समारोहमा विवाह गर्ने बेहुला बेहुलीसँगै उनीहरुका सिमित आफन्तहरु मात्रै सहभागी भएका थिए । अफगानिस्तानमा विवाह समारोहको आयोजना गर्नु धेरै महङ्गो मानिन्छ । तालिबान सरकारले पनि महङ्गो विवाह समारोहहरु आयोजना गर्न निरुत्साहित गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ३१ जेठ २०७९, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रिकेट विश्वकपमा आज दक्षिण अफ्रिका र अफगानिस्तान खेल्दै
विश्वकपमा अफगानिस्तानको अर्काे जित, पाकिस्तान ८ विकेटले पराजित
इंग्ल्यान्डविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित
विश्वकप क्रिकेट : अफगानिस्तानले इंग्ल्याण्डलाई दियो २८५ रनको लक्ष्य
विश्वकप क्रिकेटमा अफगानिस्तानले भारतलाई २७२ रन लक्ष्य
अफगानिस्तानमा फेरी शक्तिशाली भुकम्प