एजेन्सी । चीनमा सोमबारदेखि राष्ट्रिय उर्जा वचन सप्ताह सुरु भएको छ । उर्जाको महत्व, आवश्यकता, अवस्था र वचत गर्नुपर्ने कारणहरुका बारेमा जानकारी दिन वार्षिक कार्यक्रम स्वरुप उर्जा सप्ताह सुरु गरिएको हो ।
राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगले सप्ताहका क्रममा हरित जीवनशैली अपनाउन प्रेरित गरिने जनाएको छ ।कोरोना भइरहेको महामारीका कारण यस बर्ष पनि यस अभियान अनलाइन माध्यमबाट बढी हुने भएको छ । चीनमा अहिले पनि कोरोना भाइरसको महामारी चलिरहेको छ । त्यसैले कतिपय प्रतिवन्धात्मक व्यवस्था अझै पनि कायमै रहेको छ ।
सप्ताहको क्रममा उर्जा सम्वन्धी प्रदर्शनी र नयाँ नयाँ प्रविधि तथा उपायहरुका बारेमा जानकारी पनि अनलाइनबाटै गराइने भएको छ । जुन १३ देखि सुरु भएको उर्जा वचन सप्ताह जुन १९ सम्म चल्ने छ । चीनमा सन् १९९१ देखि हरेक बर्ष उर्जा सप्ताह हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ३० जेठ २०७९, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास