यूइएफए नेसन्स लिग : चेक रिपब्लिकविरुद्ध स्पेनको सहज जित

एजेन्सी

सोमबार, ३० जेठ २०७९, ०८ : १९
यूइएफए नेसन्स लिग : चेक रिपब्लिकविरुद्ध स्पेनको सहज जित

एजेन्सी । यूइएफए नेसन्स लिग अन्तर्गत आइतबार राति भएको खेलमा स्पेनले चेक रिपब्लिकविरुद्ध २–० को सहज जित निकालेको छ । समूह ए २ को खेलमा अधिकांश समय बलमा पकड बनाएको स्पेन जितसँगै शीर्षस्थानमा उक्लिएको हो । 

स्पेनको जितमा कार्लोस सोलर र पाब्लो सरवियाले एक९एक गोल गरे । कार्लोसले २४औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाए । ​७५औं मिनेटमा सरवियाले गोल गर्दा स्पेनले सहज जित पायो । जितसँगै समूहमा चार खेलसँगै ८ अंक बनाएको स्पेन शीर्षस्थानमा छ । 

लगातार खराव प्रदर्शनबाट गुज्रिएको चेक रिपब्लिकले चार खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस