काठमाडौं । कोभिड–१९ संक्रमणको असर कम हुन थालेपछि नेपालीको विदेश भ्रमण बढेकाले बाहिरिने रकम बढ्दो छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको १० महिनासम्म विदेश भ्रमणकै लागि नेपालबाट ७२ अर्ब रुपियाँ बाहिरिएको छ । यो अघिल्लो वैशाखको तुलनामा १४३ दशमलव ४ प्रतिशतले बढी हो ।
अघिल्लो वर्ष भ्रमणबापत नेपालबाट ३२ अर्ब ८० करोड रुपैयाँ बाहिरिएको थियो । विदेशी मुद्रा सञ्चितिको दबाबमा परेको नेपालका लागि भ्रमण व्यय बढेकाले त्यसका सिधा असर विदेशी विनिमय सञ्चितिमा परेको छ । पर्यटक आगमनमा निरन्तर वृद्धि भइरहे पनि त्यो भ्रमण व्ययमार्फत हुने खर्च धान्न भने पर्याप्त छैन । बैशाखसम्मको तथ्याङ्कअनुसार विदेशी पर्यकबाट नेपालले गरेको आम्दानीभन्दा बाहिरिएको रकम झण्डै ५० अर्ब रुपैयाँले बढी छ । त्यसो त पछिल्लो समय नेपाल भित्रिने पर्यटकको संख्या बढेकाले नेपाललाई प्राप्त हुने भ्रमण आयमा उत्साहजनक वृद्धि भइरहेको छ ।
राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार बैशाखसम्म नेपालले भ्रमण आयबापत २२ अर्ब ४५ करोड रुपैयाँ भित्र्याएको छ । यो अघिल्लो वर्षको तुलनामा २६० प्रतिशतले बढी हो । अघिल्लो वर्ष आयबापत ६ अर्ब ६३ करोड रुपैयाँ आम्दानी गरेको थियो । कोभिड–१९ संक्रमणका कारण आवतजावत बन्द भएपछि देशको पर्यटन क्षेत्र सर्वाधिक प्रभावित थियो ।
कोभिड महामारी कम हुँदै गएपछि पर्यटन क्षेत्रमा लागू गरिएका प्रतिबन्ध खुकुलो भएर पर्यटक भित्रिने क्रम अहिले बढ्दो छ । पछिल्लो तथ्याङ्कअनुसार ५३ हजार ६०८ पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन् । जुन कालो बादलमा देखिएको चम्किलो चाँदीको घेरा हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ जेठ २०७९, २० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो १० रुपैयाँ दरका नयाँ नोट
डा. कार्कीको संयोजकमा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक
सरकारको खातामा ३ खर्ब ६० अर्ब नगद मौज्दात