एजेन्सी । दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तमा शक्तिशाली भूकम्प गएको छ ।
सिचुआन प्रान्तको आबा तिब्बती–कियाङको माइरकाङ सहरमा शुक्रबार बिहान बेइजिङ समयानुसार १ः२८ बजे ६.० म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र (सिइएनसी) ले जनाएको छ ।
तेह्र किलोमिटर गहिराईमा रहेको उक्त केन्द्रबिन्दु ३२.२५ डिग्री उत्तर अक्षांश र १०१.८२ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ ।
यसअघि शुक्रबार यस सहरमा ५.८ म्याग्निच्यूडको भूकम्प गएको थियो । यस भूकम्पको हालसम्म धनजनको क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २७ जेठ २०७९, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल