काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) यूएई नेतृत्वको जिम्मेवारी ठाकुरप्रसाद ढुंगानालाई दिइएको छ। सर्वपक्षिय सहमतिमा ढुंगानालाई अध्यक्षमा चयन गरिएको संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसीले जानकारी दिए।
‘यूएई एनसीसीमा लामो समयदेखि देखापरेको विवाद अब टुंगिएको छ। धेरै प्रयास र पहलपछि सहमतिका आधारमा नयाँ कार्यसमिति बनाइएको हो। यो कार्यसमितिले आईसीसीसँगको समन्वयमा राम्रोसँग काम गर्नेछ भन्ने हाम्रो विश्वास छ,’ डा. केसीले भने।
केही दिनअघि बर–दुबई कार्लटनकाे होटलमा संघका मध्यपूर्व क्षेत्रीय संयोजक मनोजकुमार श्रेष्ठ (गोर्खाली) को अध्यक्षता सम्पन्न भेलाले ढुंगानाको नेतृत्वमा ५७ सदस्यीय समिति निर्विरोध चयन गरेको हो। अध्यक्ष ढुंगाना व्यवसायी हुन्।
नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा पासाङ शेर्पा चयन भएका छन्। यसैगरी उपाध्यक्षहरुमा निरन्जन सिलवाल, विकास शाही, नरेश सेन, मदन अधिकारी, जीवन दास, सुजन सापकोटा, शोभा शर्मा, नोमान सिद्दिकी, रमेश ढकाल, केशव नेपाल, कृष्णप्रसाद पौडेल र कृष्ण ठाकुर चयन भएका छन्। यस्तै सोनम श्रेष्ठ महिला उपाध्यक्ष बनेकी छिन्।
त्यस्तै दीपक खड्कालाई महासचिवको जिम्मेवारी दिइएको छ। यसैगरी सचिवमा पुस्कर शर्मा सापकोटा,सुमन पराजुली, वीरेन्द्र नकर्मी, मुन्ना साम्सुल, निरञ्जन खत्री, ताराबहादुर बोहरा र कुमार लम्साल छन्।
यस्तै विष्णुलाल श्रेष्ठ कोषाध्यक्ष बनेका छन् भने रमेश गौतम र प्रकास थापा सहकोषाध्यक्ष भएका छन्। युवा संयोजकमा भीम मल्ल ठकुरी चयन भएका छन् भने युवा सहसंयोजकमा अपिल भट्टराई र शम्भु पोख्रेल चुनिएका छन्। भेलाले पूर्व अध्यक्षसमेत रहेका रमेश श्रेष्ठलाई प्रमुख संरक्षकको जिम्मेवारी दिएको छ।
आन्तरिक विवादका कारण एनसीसी यूएईको अधिवेशन पटक–पटक विथोलिएको थियो। विवादकै कारण झण्डै एक वर्षदेखि एनसीसी यूएई नेतृत्वविहीन रहन पुग्यो।
भेलामा केन्द्रीय अध्यक्ष डा. केसी आफै दुबई पुगेका थिए। यस्तै उपाध्यक्ष धर्मराज अधिकारी, युरोप संयोजक ललितकुमार न्यौपाने र रसियाका अध्यक्ष शिवमणि भुर्तेल पनि भेलामा अतिथिका रुपमा सहभागी थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ जेठ २०७९, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की
एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण
संकटको सारथि बन्दै श्रेष्ठ नेतृत्वको एनआरएनए
सर्वोच्चमा आज एनआरएनएको मुद्दामा सुनुवाइ, के आउला फैसला ?