एजेन्सी । पाकिस्तानमा एउटा बस दुर्घटना हुँदा कम्तीमा २२ यात्रुको मृत्यु भएको छ । दक्षिणपश्चिम पाकिस्तानको दुर्गम स्थानमा सडकबाट खाल्डोमा खस्दा महिला र बालबालिकासहित २२ यात्रुको मृत्यु भएको हो ।
बलुचिस्तान प्रान्तको किल्ला सैफुल्लाह जिल्लामा सो दुर्घटना भएको हो । सहायक जिल्ला प्रशासक मोहमद क्वासिमका अनुसार दुर्घटनामा सबै जनाको मृत्यु भएको छ । तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
दुर्घटनाको समयमा मौसम खराब रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार तीब्र गतिका कारण बस अनियन्त्रित भएर पहाडको खोंचमा खसेको थियो ।
दुर्घटनाप्रति पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले दुःख व्यक्त गरेका छन् । पुराना सडक, कमजोर संरचनालगायतका कारण पाकिस्तानमा बारम्बार सडक दुर्घटना हुने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २६ जेठ २०७९, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
विश्वकपमा आज तीन खेल : नामिबियालाई हराउनै पर्ने दबाबमा पाकिस्तान, समूह विजेता बन्ने दाउमा भारत
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा