काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको छ ।
बुधबार बिहान अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री शर्माले आगामी आवको बजेटको लक्ष्यलाई प्राप्त गर्ने गरी मौद्रिक नीति आउनु पर्ने बताएका थिए । मन्त्रालयका स्रोतका अनुसार गभर्नर अधिकारीले बजेटलाई समर्थन हुने गरी मौद्रिक नीति आउने बताएका छन् ।
‘बजेटका लक्ष्यलाई प्राप्त गर्ने तर्फ नै मौद्रिक नीति केन्द्रित रहने प्रतिवद्धता गभर्नरको थियो,’ अर्थ मन्त्रालय स्रोतले भन्यो । मन्त्रालयका अनुसार छलफलमा अर्थसचिव तथा सहसचिवहरु समेत सहभागी थिए ।
आगामी आर्थिक वर्ष सुरु हुनु अगाडि नै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्नेछ । यसका लागि राष्ट्र बैंकले सरोकारवालाबाट सुझाव समेत संकलन सुरु गरेको छ ।सरकारले आगामी आर्थिक वर्ष आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, स्वदेशी उद्योगलाई प्राथमिकता, कृषिमा लगानी वृद्धिको लक्ष्य लिएको छ । यसका माध्यमबाट ८ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने सरकारको लक्ष्य छ ।
मुद्रास्फीति समेत ७ प्रतिशत भित्र राख्ने लक्ष्य सरकारको छ । यो लक्ष्य प्राप्त गर्न मौद्रिक क्षेत्राबाट राष्ट्र बैंकले लिने नीतिहरु महत्वपूर्ण हुन्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ जेठ २०७९, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय तहका संघ-महासंघद्वारा अर्थमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण
अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट
अमेरिकामा रहेका अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त
अर्थमन्त्रीको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता