चितवन । चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल पक्षीविद् संघ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो ।
६ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो चराको तस्वीर लिएका थिए । नयाँ चरा भेटिएपछि चराविज्ञ डा. हेमसागर बरालसहितको विज्ञ समूह मंगलबार चितवन आएर थप अध्ययन गरेको थियो ।
बिडारीका अनुसार मंगलबार पनि चरा भेटिएको थियो । विज्ञहरूले उक्त चरा चाइनिज पोण्ड हेरोन भएको बताएका छन् । यो चरा चीन, भारत, हङकङलगायत देशमा पाइन्छ । फिरन्तेका रूपमा यो चरा यहाँ आएको हुनसक्ने अनुमान गरिएको छ । यो चरा लजालु स्वभावको भएको बिडारी बताउँछन् ।
यससँगै नेपालमा चराको प्रजाति संख्या ८९१ पुगेको छ । चितवनमा मात्रै ६५० प्रजातिका चरा रहेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ जेठ २०७९, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ‘पर्यटक’ चराको आगमन, एक सय प्रजातिका आइसके
जाडो छल्न नेपाल आइपुगे चरा
तनहुँको भैँसेगौँडामा भेटिए १७४ प्रजातिका चरा
आजदेखि चरा गणना सुरु