कञ्चनपुर । जाडो छल्नका लागि साइवेरियालगायत क्षेत्रबाट कञ्चनपुर–कैलालीका सीमसार, नदी तथा ताल तलैयामा हिउँदे पाहुना चरा पुग्ने क्रम सुरु भएको छ । उत्तरी क्षेत्रका हिमाल छिचोल्दै लामो दूरी तय गरेर पुग्न थालेका पाहुना चराका कारण सीमसार क्षेत्र र ताल तलैयामा चहलपहल बढ्न थालेको छ ।
उत्तरी गोलाद्र्धमा अत्यधिक चिसो बढ्न थालेपछि प्रत्येक वर्ष पाहुना चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका ताल तलैया, सीमसार क्षेत्रसँगै त्यसको बाह्य क्षेत्रमा रहेका नदी, ताल तलैयामा बसाइँ सरेर आइपुग्ने गरेका छन् ।
वर्षा सकिएर चिसो मौसम सुरु भएपछि सिमसार क्षेत्रहरूमा साइवेरिया, कीर्गिस्तान, उत्तरी चीन, तिब्बत र मंगोलियालगायतका ठाउँबाट पाहुना चराहरू पुग्न थालेको नेपाल पन्छी संरक्षण संघका वरिष्ठ चराविज्ञ हिरुलाल डगौराले बताए । “ती क्षेत्रमा माइनस डिग्री तापक्रम पुगेपछि चराहरू जाडो छल्नका यहाँका ताल तलैया र सीमसार क्षेत्रमा प्रत्येक वर्ष पुग्ने गरेका छन्”, उनले भने ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०९ कार्तिक २०८२, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा
कोटेरो मुनियाँ चरा
कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा
सिमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा
बाँकेमा भेटिए बीस प्रजातिका चरा
कैलाली–कञ्चनपुर आइपुगे साइबेरियाका चरा