गण्डकी । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०७९÷८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभामा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
२८६ बुँदाको नीति तथा कार्यक्रममा प्रदेशका मुल समस्या गरिबी, बेरोजगारी, न्यून विकास तथा स्रोतको अभावलाई चिर्दै जनचाहना बमोजिमको विकास कार्य अघि बढाउने लक्ष्य लिइएको छ । नीति तथा कार्यक्रममा पुराना केही कार्यक्रमलाई निरन्तरता दिइएको छ । सार्वजनिक–निजी साझेदारीको अवधारणामा विद्युतीय सवारी साधन सञ्चालन गर्ने, पोखरा महानगरमा विद्युतीय भुक्तानी प्रणालीयुक्त नगर बस सञ्चालन गर्ने योजना पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
यस्तै, ‘व्यवस्थित सहर ः हामी सबैको रहर’ नाराका साथ प्रदेश सरकारले सहर बसाउन योग्य स्थानका रुपमा गोरखाको पालुङटार, नवलपुरको बुलिङटार, स्याङ्जाको चापाकोट र बागलुङको गलकोटलगायतका स्थानलाई व्यवस्थित सहरको रुपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने र जग्गा एकीकरणका लागि आवश्यक कानुन तर्जुमा गर्ने योजना पनि अघि सारेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ जेठ २०७९, २१ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती