आइपीएलको फाइनल खेल आज, हैदराबाद र चेन्नई भिड्ने

आइतबार, १३ जेठ २०७५, १४ : ४३
आइपीएलको फाइनल खेल आज, हैदराबाद र चेन्नई भिड्ने

चितवन । इन्डियन प्रिमियर लिग (आइपीएल) को आज फाइनल खेल हुँदैछ । उपाधिका लागि सनराइर्जस हैदराबाद र चेन्नई सुपर किङ्स भिड्ने छन् । मुम्बइको वाङ्खडे रंगशालामा आइतबार राति नेपाली समय अनुसार सवा सात बजे हुने खेल निकै रोमान्चक हुने अपेक्षा गरिएको छ । प्रतियोगितको विजेताले २० करोड भारु पाउने छ भने उपविजेता टिमले साढे १२ करोड भारु प्राप्त गर्ने छ ।

शुक्रबार कोलकाता नाइट राइडर्सलाई १३ रनले हराउँदै हैदराबादले चेन्नईसँगको भेट पक्का गरेको थियो । क्वालिफायर १ मा हैदराबादलाई हराउँदै चेन्नई पहिले नै फाइनल पुगेको थियो । समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै हैदराबादले नौ जितबाट १८ अंक बनाउँदै शीर्ष स्थान हात पारेको थियो । यसअघि भएका तीनै खेलमा चेन्नईले हैदरावादलाई हराएको थियो । चेन्नईसँग पराजित भएपछि उपाधिको दाबेदारीता प्रस्तुतीका लागि हैदराबादले अन्तिम मौका पाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस