नास्टको टोलीद्वारा सिसडोल क्षेत्रको प्रदूषण अध्ययन

सफल खबर संवाददाता

मंगलबार, २४ जेठ २०७९, २१ : १३
नास्टको टोलीद्वारा सिसडोल क्षेत्रको प्रदूषण अध्ययन

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को विज्ञ टोलीले सिसडोलको अध्ययन गरेको छ।

लिच्चड मिसिएर भएको प्रदुषणको अध्ययन डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाईं जोसी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठसहितको नास्टको विज्ञ टिमले गरेको हो। लिच्चड मिसिनुभन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थानभन्दा ९२० मिटर पर गरेर ३ फरक–फरक बिन्दुबाट पानीको नमुना संकलन गरेर अध्ययन गरिएको हो।

सिसडोलबाट संकलित तीन वटा नमुनाहरुको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्त मात्रामा लिच्चड मिसिएको देखिएको छ। स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा पनि प्रदुषणको मात्रा उच्च देखिएको छ। यसबाट सो स्थानमा जलसम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको प्रारम्भिक अध्ययनले देखाएको छ। विज्ञ टोलीले यो अवस्थालाई सकेसम्म चाँडो नियन्त्रण गर्न जरुरी रहेको बताएको छ।

पानी तथा लिच्चडको पूर्ण रिपोर्ट आगामी केहिदिनमा थाहा हुने र पूर्ण रिपोर्ट प्राप्त भएपछि नास्टको टिमले नै त्यसको निरुपणको विधि पनि सुझाउने छ। नास्टलगायत अन्य विज्ञहरुसँग समन्वय गरेर तत्कालै गर्न सकिने, मध्यमकालीन र दीर्घकालीन समाधानको बारेमा छलफल र अभ्यास गरिनेछ।

प्रतिक्रिया दिनुहोस