काठमाडौं । सरकारले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा शरद विक्रम राणालाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । निर्णयहरु पत्रकार सम्मेलन गरी गृहमन्त्री बालकृष्ण खाणले आज सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद्को बैठकले तेजाब तथा अन्य घाटक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदसमक्ष पेश गर्न स्वीकृति समेत प्रदान गरेको छ ।
‘सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्र प्रकाश गौतमलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने निर्णय भएको छ,’ गृहमन्त्री खाणले भने । मन्त्रीपरिषद्को बैठकले प्रहरी नायब महानिरीक्षकहरु उत्तमराज सुवेदी, अरुण कुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पुजा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने निर्णय समेत गरेको छ ।
गरिबी निवारण कोष सञ्चालक समितिको उपाध्यक्षको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । बैठकले नेपाल वायुसेवा निगमका महाप्रबन्धक तथा सञ्चालक सदस्य डिमप्रसाद पौडेललाई पदबाट हटाउने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ जेठ २०७९, १७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २९ निर्णय (सूचीसहित)
मन्त्रिपरिषद् बैठक जारी
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक जारी
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान