काठमाडौं । सेयर बजार नेप्सेमा एकैदिन ४५.५९ अंकले गिरावट आएको छ । बिहान नेप्से परिसूचक २ हजार ६५ अंकबाट कारोबार सुरु भएकोमा परिसूचक दिनको अन्त्यमा २ हजार २० दशलमव २३ अङ्कमा पुगेर बन्द भएको छ ।
गिरावट आएको बजारमा सेन्सेटिभ इन्डेक्स ११.२४ अंकले घटेर ३ सय ८९ अङ्कमा पुगेको छ । नेप्सेमा साताको पहिलो दिन सोमबार १२.८९ अंकले गिरावट आएको थियो ।
नेप्सेमा ३८ लाख ८७ हजार ७ सय ४८ कित्ताको सेयर खरिदबिक्री हुँदा १ अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा मंगलबार १ सय ८१ कम्पनीका लगानीकर्ता ठूलो रकम गुमाएका छन् भने १५ कम्पनीका सेयरधनीले केही नाफा कमाएका छन् ।
सेयर बजारमा २ कम्पनी बाफेली हाइड्रो पावर कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लागेका कम्पनीमा बलेफी हाइड्रो पावर कम्पनीको सेयर १८ रुपैयाँ बढेर २ सय ३ रुपैया ९ पैसा पुगेको छ । यस्तै उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १ सय ९३ रुपैयाँ बढेर २१ सय २६ रुपैया पुगेको छ ।
मंगलबार नेप्सेमा एकमात्र कंपनी हिमालय बैंकको सेयर मूल्यमा १० प्रतिसतको नकारात्मक सर्किट लागेको छ । सर्किट लागेको हिमालय बैंकको सेयर मूल्यमा ३८.५ रुपैयाँले घटेर ३ सय २३ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ जेठ २०७९, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा गिरावट, पाँच कम्पनीमा सकारात्मक सर्किट
३ हजार अंक मुनि झर्यो सेयर बजार
सेयर बजार ४ वर्षयताकै उच्च विन्दुमा, परिसूचक ३ हजार माथि
२९६२ अंकमा झर्यो सेयर बजार
नेप्से परिसूचक १८ अङ्कले घट्दा साढे २६ अर्बको कारोबार
लगातार बढ्यो सेयर बजार, १८ अर्ब ४९ करोडको कारोबार