सांसद विश्‍वकर्माकाे प्रश्‍न- लाइसेन्स बनाउन किन महिनौं लाग्‍ने ?

सफल खबर संवाददाता

मंगलबार, २४ जेठ २०७९, १५ : ०४
सांसद विश्‍वकर्माकाे प्रश्‍न- लाइसेन्स बनाउन किन महिनौं लाग्‍ने ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गाकुमारी विश्‍वकर्माले सवारी सञ्‍चालन अनुमति पत्र (लाइसेन्स) लिने प्रक्रिया छिटोछरितो बनाउन माग गरेकी छिन् ।

उनले लाइसेन्स बनाउन महिनौँ महिना कुर्नुपर्ने स्थिति रहेको बताइन् ।  संसद्‍मा बोल्दै उनले प्रश्‍न गरेकी छिन्, ‘लाइसेन्स बनाउने क्रममा महिनौँ महिना कुर्नुपर्ने स्थिति छ । छिटो छरितो किन हुन सकेन ?’ 

उनले यातायात कार्यालयलाई व्यवस्थित गर्दै सवारी लाइसेन्स छिटो दिन प्रणालीगत सुधार गर्नुपर्नेमा जोड दिइन् ।सवारी लाइसेन्सको फारम भर्नै अहिले समस्या छ । यातायात व्यवस्था विभागले सेवालाई चुस्त नबनाएको भन्दै सर्वत्र विरोध हुँदै आएको छ ।  

प्रतिक्रिया दिनुहोस