काठमाडौं । गुल्मी र मकवानपुरमा चट्याङ् लागेर दुई जनाको मृत्यु भएको छ ।
गुल्मीको इश्मा गाउँपालिका–५ बजाउने डाँडा बस्ने ४० वर्षीया तारा सार्कीको चट्याङ लागेर सोमबार साँझ मृत्यु भएको हो । आफ्नै बारीमा काम गरिरहेको अवस्थामा अचानक चट्याङ लागेर वेहोस भएकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, मकवानपुरको मनहरी गाउँपालिका–६ हिलेदमार बस्ने ३७ वर्षीया जमुना मायाँ मोक्तानको चट्याङ लागेर सोमबार साँझ मृत्यु भएको छ ।
 
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ जेठ २०७९, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा चट्याङ लागेर २ किशोरको मृत्यु
गुल्मीमा चट्याङ लाग्दा बालिकाको मृत्यु, दुई जना घाइते
हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु
मकवानपुरमा किरिया बसेको घरमा चट्याङ पर्दा एक जनाको मृत्यु, ७ जना घाइते
चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु
चट्याङ लागेर एक महिलाको मृत्यु