सप्तरी । सप्तरी प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारका प्रकाश यादव र तुलसीकुमार दास तथा सप्तरीको छिन्नमस्ता गाउँपालिका(२ का दीपेशकुमार यादव रहेका छन् ।
उनीहरूको साथबाट निट्राभेट ट्याबलेट ५ सय १० पिस, डाइजेलव इन्जेक्सन १ सय एम्पुल, पेनेरागन इन्जेक्सन १ सय एम्पुल तथा बुफ्रेन नोर्फिन १ सय एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
प्रहरीले उनीहरुलाई छिन्नमस्ता गाउँपालिका-३ छिन्नमस्ता मन्दिर नजिकैबाट पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ जेठ २०७९, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागू औषधसहित दुई जना पक्राउ
लागू औषधसहित दुई युवक पक्राउ
पोखरामा लागू औषधसहित चार जना पक्राउ
अवैध लागू औषधसहित दुई जना पक्राउ
लागू औषधसहित एक जना पक्राउ