काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सोमबार १२.९२ अंकले घटेको बजार २०६५.७८ बिन्दुमा आएर रोकिएको छ ।
सोमबार विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र म्युचअल फण्डबाहेक अन्य उपसमूहको मूल्य घटेको छ । सोमबार सबैभन्दा धेरै बैंकिङ उपसमूहका लगानीकर्ताले गुमाए । सोमबार कुल २२८ कम्पनीको २५ हजार ९०८ वटा कारोबारबाट ४४ लाख ९ हजार ६९१ कित्ता सेयर किनबेच भएको छ ।
सोमबार उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । १० प्रतिशतले बढेको यस कम्पनीको सेयरमूल्य १९३२.८० रुपैयाँ पुगेको छ । बलेफी हाइड्रोपावरको मूल्य ९.९६ प्रतिशतले बढेर १८५.४० रुपैयाँ पुग्यो । नारायणी विकास बैंक,मिथिला लघुवित्त वित्तीय संस्था, समृद्धि इक्विटी फण्डसहितका कम्पनीको मूल्य बढेको छ ।
हिमालयन बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लेबलमा कारोबार भयो । यस कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर ३८५.९० रुपैयाँमा झरेको छ । माहुली लघुवित्त वित्तीय संस्था, नेपाल लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्तसहितका कम्पनीको मूल्य भने धेरैले घटेको छ । सोमबार एसियन लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ जेठ २०७९, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा गिरावट, पाँच कम्पनीमा सकारात्मक सर्किट
३ हजार अंक मुनि झर्यो सेयर बजार
सेयर बजार ४ वर्षयताकै उच्च विन्दुमा, परिसूचक ३ हजार माथि
२९६२ अंकमा झर्यो सेयर बजार
नेप्से परिसूचक १८ अङ्कले घट्दा साढे २६ अर्बको कारोबार
लगातार बढ्यो सेयर बजार, १८ अर्ब ४९ करोडको कारोबार