बलात्कार मुद्दामा हदम्याद नराखिए मुद्दाको चाङ लाग्छ: सांसद चौधरी

सफल खबर संवाददाता

सोमबार, २३ जेठ २०७९, १३ : ११
बलात्कार मुद्दामा हदम्याद नराखिए मुद्दाको चाङ लाग्छ: सांसद चौधरी

काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले बलात्कार मुद्दामा हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्ने बताएकी छिन।

उनले आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा समय दिएर बोल्दै यस्तो बताएकी हुन । बलात्कार मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्ने विषयमा प्रतिनिधिसभामा बहस भइरहेको छ । उनले बलात्कारका सबै घटनाका लागि हदम्याद राख्न नहुने धारण समेत राखिन । मन मिलेसम्म प्रेमको संज्ञा दिने मन नमिलेपछि बलात्कारको संज्ञा दिने भन्दै प्रश्न समेत गरिन।

जबसम्म स्वार्थ मिलेसम्म त्यस विषयमा कसैलाई पत्तो नदिने र जब स्वार्थ नमिलेपछि भने बलात्कारको संज्ञा दिएर जेल कोचिदिने घटना सम्मानित सदनमा बसेका पूर्वसभामुखको पनि हेरेको उनको तर्क छ । सांसद भावनामा बगेर कानून निर्माण गर्ने काम नभएको उनले बताइन। एउटा व्यक्ति र वर्गका लागि कानून निर्माण गर्ने काम नभएका उनले बताइन । समग्र अवस्थालाई हेरेर कानून निर्माण गर्नुपर्ने उनको जोड छ ।

कानून जति कठोर बनाएपनि कार्यान्वयन हुने ठाउँ फितलो भएपछि समस्या उत्पन्न हुने उनले बताइन ।

प्रतिक्रिया दिनुहोस