ढाका । बंगलादेशको चटगाउँ सहरनजिकै रहेको एउटा डिपोमा भएको भीषण विस्फोटमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ । विस्फोटमा सयौं घाइते भएका छन् । सिताकुण्ड सहरमा रहेको कन्टेनर भण्डारण केन्द्रमा आगो निभाउने क्रममा विष्फोट भएको थियो ।
डिपोमा रहेका केही कन्टेनरमा रसायनिक पदार्थ राखिएको स्थानीय सञ्चारमाध्यमले अनुमान गरेका छन् । विस्फोटका कारण वरपरका भवन हल्लिएका प्रत्यक्षदर्शीले बताए थिए । घाइतेमध्ये धेरेको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेहरूको शरिर ६० देखि ९० प्रतिशत जलेको प्राप्त विवरणहरूमा जनाइएको छ ।
यो सहर देशको दोस्रो ठूलो सहर चटगाउँबाट ४० किलोमिटर टाढा छ । सहरको एउटा अस्पताल घाइतेहरूले भरिएको छ । घाइतेहरूमा अग्नि नियन्त्रक र प्रहरीसमेत छन् । आगलागीअघि डिपोमा करिब ६०० जनाले काम गर्दथे ।विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २२ जेठ २०७९, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज
बंगलादेशको निर्वाचनमा बीएनपीलाई बहुमत
बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
शेख हसिना भारत भागेपछि बंगलादेशमा आज पहिलोपटक मतदान हुँदै
बंगलादेश भोलि आम निर्वाचन, आधाभन्दा बढी मतदान केन्द्रमा हिंसाको जोखिम
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला