काठमाडौं । काठमाडौं महानगरपालिकाले होटल, रेष्टुरेन्ट, बैंकलगायतले शौचालय सार्वजनिकरूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भएमा सात दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको छ ।
आज एक सूचना जारी गर्दै महानगरले होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघसंस्था लगायतलाई सार्वजनिक रूपमा अनुरोध गरेको हो ।
इच्छुक सम्बद्ध सरोकारवाला व्यक्ति तथा निकायले सात दिनभित्र सार्वजनिक निजी साझेदारी इकाइ, बबरमहल जिसस भवन वा प्रशाशन विभाग, काठमाडौं महानगरमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।
शौचालयमा सर्वसाधारणको सहज पहुँच अभिवृद्धिका लागि महानगर क्षेत्रभित्र रहेका होटललगायतको शौचालय प्रयोग गर्न सकिने महानगरले गत जेठ १६ को नगरकार्यपालिका बैठकबाट निर्णय गरेको थियो । मेयर बालेन्द्र शाह (बालेन) ले होटल, रेष्टुरेन्टका शौचालयलाई नै सार्वजनिक शौचालयका रूपमा प्रयोगमा ल्याउन सकिने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ जेठ २०७९, १० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन काठमाडौं महानगरको आग्रह
काठमाडौं महानगरले आजदेखि खाद्य गुणस्तर परीक्षण गर्ने
काठमाडौँ महानगरले कवाड संकलन केन्द्रमा चलायो डोजर
बालेनका स्वकीय सचिव र महानगर प्रहरी प्रमुख पाण्डेलाई कारवाही गर्न माग
एमालेलाई इमेलमा पठायो महानगरले जरिवानाको पत्र
काठमाडौं महानगरले आवासीय क्षेत्रका कवाडी व्यवसाय दर्ता/नवीकरण नगर्ने