एजेन्सी । बंगलादेशको दक्षणिपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा लागेको भीषण आगलागीमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै करबि १०० जना घाइते भएका अधकिारीहरूले आइतबार बताएका छन् ।
आगलागी देशको मुख्य समुद्री बन्दरगाह चटगाउँबाट ४० किलोमिटर टाढा रहेको एउटा भित्री कन्टेनर भण्डारणमा मध्यरातमा लागेको अग्नि सेवाका अधिकारी जलाल अहमदले भने ।
आगो निभाउन अग्नि नियन्त्रक युनिट आगो निभाउन डिपोमा पुगेका थिए । आगलागीकै क्रममा ठूलो विस्फोट हुँदा अग्निनियन्त्रकसहित दर्जनौँ घाइते भएका थिए ।
चटगाउँका प्रमुख चिकित्सक इलियास चौधरीले आगलागीमा कम्तीमा ५ जनाको मृत्यु भएको र करिब १०० जना घाइते भएको बताए । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २२ जेठ २०७९, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा प्रदर्शन उग्र बनेपछि परिस्थिति नियन्त्रणका लागि अर्धसैन्य दस्ता परिचालन
बंगलादेशमा आम चुनावको मिति घोषणा
शान्त बंगलादेश : हसिनामाथिको मृत्युदण्डपछि राजधानीमा सामान्य अवस्था
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना दोषी ठहर, मृत्युदण्डको सजाय
शेख हसिना विरुद्धको फैसलाअघि बंगलादेशमा कडा सुरक्षा
बंगलादेशमा हिंसात्मक झडप, चार जनाको मृत्यु