काठमाडौं । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । शनिबार मुख्यमन्त्री निवास मधेश भवनमा बसेको मन्त्रिपरिषद् बैठकले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।
मन्त्रिपरिषद्बाट स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले जेठ २२ गते प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन आ–आफ्नो भेषभुषामा सहभागी हुन प्रदेश सांसदहरूलाई आग्रह गरिएको छ ।
यसअघि विहिबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गर्ने विषयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ जेठ २०७९, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परिमार्जन भयो मधेश प्रदेशको ‘बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’
मधेश प्रदेशमा मन्त्रालय संख्या पुनर्संरचना गर्न कार्यदल गठन
रास्वपा मधेश प्रदेश संस्थापक सभापति शर्मा काँग्रेसमा प्रवेश
रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिले छोडिन् पार्टी
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा