काठमाडौं । सेयर बजारमा करोडौं लगानी डुबेको भन्दै सेयरबजार लगानीकर्ताहरुले आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएका छन् ।
सरकारका नीति तथा कार्यक्रम स्पष्ट नहुदाँ सेयर बजारका सर्वसाधरण लगानीकर्ताहरुको करोडौं लगानी डुब्दै गएपछि लगानीकर्ताहरुले शनिबार आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेका हुन् ।
शनिवार बाल्मिकीमा सर्वसाधारण लगानीकर्ताकोसमेत उपस्थितिमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने अगुवा तिलक कोइरालाले जानकारी दिए । ‘बाल्मिीकी क्याम्पसमा आज हुने छलफल पछि आन्दोलनका कार्यक्रम तय गर्नेछौ भने यसबिचमा माग पुरा नभएमा १ असारबाट म आफै आमरण बस्नेछु’, कोइरालाले भने ।
शीर्ष नेताहरुको अभिव्यक्तिलगायतका कारणले सेयर बजारमा नकारात्मक असर परेको र त्यस्ता अभिव्यक्ति नदिनलगायत झन्डै २ दर्जन माग राखेर सेयरकर्ताका लगानीकर्ताहरू आन्दोलनमा उत्रिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ जेठ २०७९, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार
सेयर कारोबार रकममा गिरावट