बजेटमा चुनावसँग सम्बन्धित कुनै पनि कुरा छैन् : अर्थमन्त्री शर्मा

सफल खबर संवाददाता

सोमबार, १६ जेठ २०७९, १८ : ०४
बजेटमा चुनावसँग सम्बन्धित कुनै पनि कुरा छैन् : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा चुनावसँग सम्बन्धित कुनै पनि कुरा नभएको बताए ।

सोमबार बजेटबारे अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले उत्पादन वृद्धि गर्ने कुरा, आत्र्मनिर्भर अर्थतन्त्र बनाउने कुरा, तलब वृद्धि गर्ने कुरा कुनै पनि कुरा चुनावसँग सम्बन्धि छ भनेर भन्न नमिल्ने स्पष्ट पारे। उनले चार वर्ष अघिको सरकारले ल्याएको कार्यक्रमलाई पनि बजेटले निरन्तरता दिएको उल्लेख गर्दै त्यसलाई पनि चुनावी बजेट भन्न मिल्छ र ? भनि प्रश्न समेत गरे ।

अर्थमन्त्री जनार्दन शर्माले सरकारको प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसारनै बजेट आएको पनि बताए। उनले आगामी आर्थिक वर्षको बजेटमा रोजगारी सृजना गर्ने, गरिवीको अन्त्य गर्ने, हाम्रा स्रोत, साधनहरुको सही परिचालन र व्यवस्थापन गर्ने कुरा उल्लेख गरिएको बताए ।

अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी बस्तुको प्रयोग सरकारबाटै सुरु गर्ने विषयलाई बजेटमा उच्च प्राथमिकता दिइएको बताए । उनले अर्थ मन्त्रालयमा प्रयोग गरिएको सेनिटाईजर समेत विदेशी भएको पाइएको पनि आफूहरुले स्वदेशी बस्तुको प्रयोगमा जोड दिने निष्कर्ष निकालिएको पनि बताए ।

अर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पूर्ण रुपमा कार्यान्वयन हुने दावी समेत गरे । उनले बजेटमा निर्माण व्यवसायीलगायतका केही विषयहरु छुटेको कुरा बाहिर आएको उल्लेख गर्दै त्यसलाई समेटेर अघि बढने प्रतिवद्धता समेत व्यक्त गरे । अर्थमन्त्री शर्माले बजेट पूर्ण र उत्कृष्ट नभएपनि देश र जनताको आकांक्षालाई सम्बोधन हुने गरी आएको बताए ।

अर्थमन्त्री शर्माले बजेटले आयात प्रतिस्थापन गर्ने, स्वदेशी उत्पादनमा जोड दिने, रोजगारीको अवसर सृजना गर्ने कामलाई प्राथमिकता दिएको पनि स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस