स्थानीय तह निर्वाचन

माओवादीबाट ५ हजार ४५ जना जनप्रतिनिधि निर्वाचित

सफल खबर संवाददाता

आइतबार, १५ जेठ २०७९, १५ : ३३
माओवादीबाट ५ हजार ४५ जना जनप्रतिनिधि निर्वाचित

काठमाडौं  । नेकपा (माओवादी केन्द्र)का ५ हजार ४५ जना जनप्रतिनिधि देशका विभिन्न पालिकामा निर्वाचित भएका छन् । निर्वाचन आयोगले गत वैशाख ३० गते गरेको स्थानीय तह निर्वाचनमा हालसम्म मतगणना सम्पन्न भएका पालिकाहरुमा उक्त संख्यामा माओवादीका उम्मेदवार विजयी बनेका हुन् । 

पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएका हुन् । आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । ३५ हजार २२१ जनप्रतिनिधिको लागि निर्वाचन भएको थियो । निर्वाचनमा देशभर १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए । 

आयोगका अनुसार प्रमुखमा २५, अध्यक्षमा ९६, उपप्रमुखमा ३३, उपाध्यक्षमा ९५, वडाध्यक्षमा १ हजार ५३, महिला सदस्यमा ९६३, दलित महिला सदस्यमा ९७३ र सदस्यमा १ हजार ८०७ जना माओवादीका उम्मेदवार विजयी बनेका छन् । 

प्रतिक्रिया दिनुहोस