एकवर्ष भित्र नेपाल कृषिमा आत्मनिर्भर हुने कृषि मन्त्रीकाे दावी

सफल खबर संवाददाता

शनिबार, १४ जेठ २०७९, १३ : २७
एकवर्ष भित्र नेपाल कृषिमा आत्मनिर्भर हुने कृषि मन्त्रीकाे दावी

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रराय यादवले अबको एक वर्षभित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुने दावी गरेका छन।

एशोसिएशन अफ नेपाली एग्रिकल्चर जर्नलिस्ट (अनाज)ले आज (शनिबार) आयोजना गरेको ‘आत्मनिर्भर र साना किसानका सवाल’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन। सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रममा कृषिलाई जोड दिएकोले नीति

कार्यान्वयनमा आएको एक वर्षभित्र कृषिमा आत्मनिर्भर हुने बताए । उनले आगामी आर्थिक वर्षको बजेटले कृषि, उत्पादनका साथै र निर्यातको क्षेत्रमा समेत महत्वपूर्ण कार्यक्रम आउने दावी गरे। उनले मन्त्रालय कृषि नीति पास गराउन लागि परेको पनि बताए ।

मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटमा सबै प्रदेशहरुमा एउटा भण्डारण घर र प्रत्येक गाउँपालिकामा स–साना गोदामहरु बनाउनका लागि बजेट छुट्याउने बताए ।

प्रतिक्रिया दिनुहोस