काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले १० वर्षपछि देशमा बिजुली रेल आवश्यक नपर्ने बताएका छन् ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा भइरहेको छलफलमा सहभागी हुँदै उनले अहिले आवश्यक पर्ने देखिए पनि १० वर्षपछि बिजुली रेल आवश्यक नपर्ने र राज्यले पनि थेग्न नसक्ने बताए ।
दीर्घकालीन र प्राथमिकताका आधारमा योजना निर्माण गर्नुपर्ने बताउँदै उनले पूर्व–पश्चिम राजमार्गमा रेलमा चलाउन सकिने बताए । आरोप–प्रत्यारोपले देश नचल्ने भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले देश विकास र समृद्धि गर्न कहाँ कहाँ चुकियो, यसलाई पहिल्याएर अगाडि बढ्नुपर्ने बताए । दीर्घकालीन सोच राखेर अघि बढ्नुपर्ने बताउँदै उनले कृषिलाई अर्थतन्त्रको आधार मानेर अघि बढ्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ जेठ २०७९, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इतिहासका कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ : माधव नेपाल
सेनाको सुरक्षाबाट माधव नेपाल पनि निस्किए
‘जेन जेडको माग संविधानको खारेजी र संसद्को विघटन थिएन’: माधव नेपाल
हाम्रो पार्टीको अहिलेको ठूलो समस्या ओली हुन्: माधव नेपाल
‘नेपालको कम्युनिस्ट आन्दोलन संकटको अवस्थामा’: माधव नेपाल
दक्षिणपन्थी नीति, व्यक्तिवाद, अहंकारवादविरुद्ध हाम्रो विद्रोह: माधव नेपाल