काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार बिहान बसेको संसद बैठकमा बोल्दा प्रयोग भएको संसदीय शब्द हटाउन निर्देशन दिइएको छ ।
शुक्रबारको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले सरकार कमिसनमा अल्झेको भन्दै लगाएको आरोप खण्डन गर्नेक्रममा मन्त्री बडूले दिएको अभिव्यक्तिमा असंसदीय शब्द प्रयोग गरेको भन्दै एमाले सांसदले नियमापत्ति जनाएका थिए । त्यसपछि बैठक चल्न नसकेपछि स्थगित गरिएको बैठक फेरि सुरु भएको छ ।
शुक्रबारको दोस्रो बैठक सुरु भएलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बडूको अभिव्यक्तिमा प्रयोग भएका असंसदीय शब्द रेकर्डबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।
उक्त निर्देशनपछि बैठक जारी छ । अहिले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बोलिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ जेठ २०७९, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय मर्यादासम्बन्धी विधेयक मंगलवारको संसद् बैठकमा पेस हुने
संसद् बैठक सुरु, सरकारको ध्यानाकर्षण गराउँदै सांसद
संसद् बैठकमै सांसदहरूले पत्रिका पढ्न थालेपछि सभामुखद्वारा रुलिङ
भोलि ११ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित
संसद् बैठक निर्धारित समयमा सुरु भएन
एमालेले गर्यो संसद अवरोध