काठमाडौं । काठमाडौं ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा सत्तारूढ नेपाली कांग्रेसबाहेकका सबै दलले अपेक्षा गरेअनुसार मतपरिणाम नआएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । कांग्रेसले स्थानीय तहको मतपरिणाम सकारात्मक भएको जनाएको छ ।
कांग्रेस उपसभापति धनराज गुरुङले पार्टीले कम्तीमा ५१ प्रतिशतभन्दा बढी पालिका जित्ने लक्ष्य राखेपछि अहिलेको नतिजा पनि सकारात्मक भएको बताउँछन् ।
टिकट वितरण तथा तालमेल गर्दा भएको प्राविधिक त्रुटिका कारण अपेक्षाअनुसार परिणाम आउन नसकेको उनले बताए । यद्यपि आएको मतपरिणामबाट सत्तारूढ गठबन्धन उत्साहित नै भएको टिप्पणी गुरुङको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले २ सय ६६ प्रमुख-अध्यक्ष र २ सय २३ उपप्रमुख-उपाध्यक्षमा विजयी भएको थियो । २०७९ को स्थानीय तह निर्वाचनबाट कांग्रेसले ३ सय २७ प्रमुख-अध्यक्ष विजयी भएको छ भने एकमा अग्रता लिएको छ । यस्तै ३ सय १ उपप्रमुख÷उपाध्यक्ष विजयी भएको कांग्रेसले एकमा अग्रता लिएको छ ।राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १३ जेठ २०७९, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?